धरान:धरान ११ मंगलबारे स्थित एक घरको शौचालयमा जन्माएर फालेको नवजात शिशुको शव फेला परेको छ ।

बिष्णुपादुका मार्गस्थित शुक्रबहादुर तामाङको घरको शौचालयमा मृत शिशु फेला परेको हो । शिशु जन्माएर त्यही फ्याकेको र उनको मृत्यु भएको देखिएको छ । शौचालय जाने क्रममा सोही घरमा भाडामा बस्ने बखतबहादुर राईले देखेपछि अरुलाई खबर गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान शुरु गरिसकेको छ ।

शिशुको शव भेटिएको स्थानभन्दा करिब सय मिटर पश्चिम प्याड पनि भेटिएको सई जसबहाुदर लिम्बूले जानकारी दिए । बच्चा मृत भेटिएको उनले बताए । बच्चाको शव भेटिएको घरमा जनक मेडिकल हल पनि सञ्चालनमा रहेको छ । प्रहरीले मेडिकल सञ्चालकलाई घटनाको बिषयमा सोधपुछ गर्न लगेको छ । मृत शिशुको बिषयमा अनुसन्धान भइरहेको डिएसी सुमन तिम्सिनाले जानकारी दिए ।

20181207-190047-500x375-copy