धरानः बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा आइतबार दिउँसो मृतकका आफन्त र सेक्युरिटी गार्डबीच कुटाकुट भएको छ ।

गाडीले दुवै खुट्टा किचेर सुनसरीको प्रकाशपुरबाट उपचार गर्न ल्याइएका करिब ८५ बर्षीय वृद्ध लिलाबहादुर काफ्लेको उपचारको क्रममा मृत्यु भएको बिषयमा विवाद हुदा आफन्त र गाडीबीच कुटाकुट भएको हो । दिउसो करिब २ घण्टासम्म प्रतिष्ठानको आकस्मिक कक्ष तनावग्रस्त भएको थियो । उपचारमा लापरवाही भएर मृत्यु भएको भन्दै चिकित्सकप्रति आक्रोश पोखिरहदा केटिएम सेक्युरिटीका गार्डहरुले दुव्र्यवहार र धम्की दिएको मृतकका आफन्तजनहरुले आरोप लगाएका छन् ।

मृतकका आफन्त मोहन खड्काका अनुसार बुबाको निधन भएपछि छोरा रोइरहदा गार्डहरुले जर्बजस्ती तानेर बाहिर निकाल्न थालेको र मृृतकको तस्बिर खिच्दा गार्डले खोसर लगेपछि तनाव एक्कासी बढेको हो । ‘बुबाको मृत्यु भएपछि रोइरहेको छोरालाई जर्बजस्ती तानेर बाहिर लैजान खोज्यो, गोली ठोकिदिन्छु पनि भन्यो, त्यसपछि सबै आक्रोशित भयौ,’उनले भने । दुवै खुट्टा गाडीले किचेको कारण अत्यधिक रक्तस्राव हुदा पनि त्यसलाई रोक्न र अप्रेशन गर्न डाक्टरहरुले चासो नदिदा बुबाको मृत्यु भएको छोरा बिक्रमले बताए । ‘अप्रेशन गर्नुपर्छ भनेर डाक्टरले भन्यो, हाम्रो मान्छे ब्लड खोज्न र औषधी लिन गएको बेला बस व्यावसायी संघको मान्छे आएर डाक्टरलाई के के भनेछ, त्यसपछि उपचारै राम्रो भएन,’उनले भने ।

bp IMG_20181209_161048 copy

प्रत्यक्षदर्शी इन्द्र बिष्टका अनुसार गार्ड र मृतकका आफन्तबीच पटक पटक इर्मेजेन्सीभित्रै दोहोरो झडप भएको थियो । सेक्युरिटी गार्डहरु आएर विरामीको आफन्तलाई दुव्र्यवहार र धम्की दिएको उनको भनाई छ । उता, केटिएम सेक्युरिटी इञ्चार्ज पवन खड्काले भने मृतकका आफन्तजनले डाक्टर, नर्समाथि हातपात गर्न खोज्दा गार्डहरुले सुरक्षा दिनेक्रममा अप्रिय घटना भएको बताए । ‘गार्डहरुले नरोकेको भए डाक्टरमाथि कुटपिट हुन्थ्यो, हामीले रोक्यौ । डाक्टरलाई कुट्न नपाएपछि सबै गार्डमाथि जाइलागेको हो,’उनले भने,‘गार्डले कुटपिट गरेको होइन, भिडलाई निकाल्न खोजेको हो । हामीमाथि नचाहिदो आरोप मात्र हो ।’ अस्पतालका सहायक निर्देशक डा.विकास साहले घटनाबारे सोमबार प्रशासनले आवश्यक छलफल गर्ने बताए ।