इटहरी : सुनसरीको इटहरी स्थित एक उद्योगमा आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका १० मा रहेको लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको हो । उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । नेपाली सेना, शसस्त्र प्रहरी , दंगा प्रहरी जनपथ प्रहरी र स्थानीयवासीले प्रयासमा आगलागि नियन्त्रणमा आएको हो आगलागीको कारण खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी शिव श्रेष्ठले  बताए । 

भानु टेब्रीवालले संचालन गरेको उक्त फर्म फ्याक्ट्रीमा बिहान ४ बजे सम्म ६ जना मजदुर काम गरिरहेको भए पनि आगलागीको समयमा भने कोहि नरहेको एक मजदुरले बताए । आगलागीबाट मानबिय क्षति नभएपनि के कति नोक्सानी भयो भन्ने बारे विवरण आउन बाँकी छ ।

photo 5 8 photo 4 10

photo 1 9 photo 2 9