काठमाडौ: सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र समशेर जबरा सिफारिश भएका छन् । संयोजक कस्तो पर्यो भने आजकै दिन उनको जन्म दिन पनि परेको छ ।

संवैधानिक परिषदको बिहिबार विहान बसेको वैठकले जबरालाई सर्वोच्चको प्रधानन्यायाधिशमा सिपारिश गरेको हो । उनी नेपालका २९ औं प्रधानन्यायाधीश हुने भएका छन् । जबरा १३ डिसेम्बर १९५७ मा जन्मिएका हुन । तेस्रो बरियताका न्यायाधीश थिए उनी । उनीसँगै सिफारिशमा परेका दोस्रो वरियतामा रहेका न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाई समितिबाट अस्वीकृत भइसकेका थिए । त्यसैले जबरा निर्विकल्प प्रधानन्यायाधीश भएका हुन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रपछिको दोस्रो बरियतामा भएपनि जोशी प्रधानन्यायाधीश हुन पाएनन् ।

जबरा ४ बर्षका लागि प्रधानन्यायाधीश हुने भएका छन् । करिब २७ बर्षयता कुनै पनि प्रधानन्यायाधीशले पुरा कार्यकाल काम गर्न पाएका थिएनन् । यसअघि, ०४८ सालमा प्रधान न्यायाधीश भएका विश्वनाथ उपाध्यायले मात्र ४ वर्ष पुर्ण कार्यकाल विताएका थिए । जबरा २०७९ पुससम्म चार वर्ष प्रधान न्यायाधीश बन्नेछन् ।

जबराले पुर्वप्रधानन्यायाधीश शुशिला कार्कीमाथिको चर्चित महाभियोग मुद्दामा गरेको अन्तरिम आदेशले सबैको नजर उनीमाथि परेको थियो । उनको एकल इजलाशले महाभियोगलाई प्रस्तावलाई यथास्थितिमा राख्न र आजैदेखि काम गर्न गराउन अन्तरिम आदेश दिदै कार्कीलाई सर्वोच्चमा पुनर्वहाली गरिदिएका थिए । सर्वाेच्चका न्यायाधीशहरु नै विभाजित बनेको कठिन परिस्थितिमा उनले निक्कै भावुक बनेर गरेको फैसलाले न्यायालयमाथिको गरिमा र विश्वास जोगाउने काम गरेको भन्दै जबराको सबैले प्रशंसासमेत गरेका थिए ।