धरान: जनसहभागिताको नमुना शहर हो धरान । यहाँको विकास,निर्माणमा जनताले गरेको योगदान र लगानी अन्य सहरको लागि पनि अनुकरणीय छ । उदाहरणकोरुपमा शुक्रबार उद्घटन भएको धरान १५ स्थित ऐतिहासिक बाँझगरा मार्गलाई नै लिउ न ।

करिब ६ सय मिटर लम्बाईको यो सडकको शुक्रबार कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले उद्घटन गरिन् । यसको कुल लागत २९ लाख २७ हजार ९ सय ८० रुपैया रहेके छ । यतिको लागतमा बनेको यो सडकमा उपमहानगरपालिकाबाट भने १५ लाख रुपैया मात्र बजेट आएको हो । बाँकी बजेट भने स्थानीय उपभोक्ताहरुले नै लगानी गरेका हुन् । उपभोक्ताहरुले कम्तीमा ३० हजार ५ सयदेखि २ लाख ७४ हजार रुपैयासम्म जनसहभागितावापत यो सडक बनाउन पैसा दिएका छन् । यसलाई विकासमा अन्यत्र कही नभएको नमुना मान्छन्, वडाअध्यक्ष नरेश इवारम ।

_DSC0329 copy

अध्यक्ष इवारमका अनुसार यो सडक नगरस्तरीय योजनाअन्र्तगत ५० प्रतिशत जनसहभागितामा निर्माण सम्पन्न भएको हो । २०७४ चैत २८ गते तत्कालीन मेयर तारा सुब्बाले बाटो निर्माण कार्य प्रारम्भ गरेका थिए । योजनाहरु चाडो सम्पन्न हुने र गुणस्तरीय, भरपर्दो काम पनि हुने भएकोले उपभोक्ता समितिमार्फत जनसहभागितामा सडक निर्माणलाई निरन्तरता दिइएको अध्यक्ष इवारम बताउँछन् । उनले भने,‘हाम्रो वडामा ५० प्रतिशत जनसहभागिता जुटाउदै विकास गरिरहेका छौ, गत बर्ष वडाको ४५ लाख बजेट थियो, तर काम जनसहभागितासमेत गरी १ करोड २० लाखको गर्यौ ।’

_DSC0279-02.jpeg copy

अध्यक्ष इवारमका अनुसार यो बर्ष पनि पुर्वाधारको लागि ४५ लाख बजेट वडाले पाएको छ । तर, तेब्बर बजेटको विकास निर्माणको योजना चलिरहेको छ । जनसहभागिता साठी–चालिस अर्थात ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत उपभोक्ताको हुने भएपनि आफ्नो वडामा पचास पचास प्रतिशतमा काम गरेको उनको भनाई छ । ‘५० प्रतिशत जनसहभागिता भयो भने काम पनि धेरै हुन्छ, र राम्रो, वलियो काम पनि हुन्छ,’अध्यक्ष इवारमले भने ।

तस्बिरहरु:सनम तामाङ

_DSC0326-01.jpeg copy