झापा:झापाको अर्जुनधारा नगरपालिका वडा नं. ६ मा सद्गुरु श्री देवचन्द्र सदन निर्माण हुने भएको छ । विर्तामोड नगरपालिका वडा नं. ५ सँग सिमाना जोडिएको अदुवा खोला पश्चिम पट्टि करिव ११ कठ्ठा क्षेत्रफलमा वन्ने सदन झापा जिल्लाकै ठुलो हिन्दु सदन हुने बताइएको छ ।

श्री कृष्ण प्रणामी सेवा समिति नेपालले निर्माण गर्ने सो भवनको सिलान्यास धर्माचार्य जगत गुरु अनन्त श्री विभुसित १०८ श्री कृष्णमणी महाराजले गरेका छन् । श्री कृष्ण प्रणामी सेवा समिति अर्जुनधाराका अध्यक्ष हरि कडरियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा सदन निर्माण समितीका संयोजक कृष्ण वजगाईले स्वागत मन्तब्य राखेका थिए । करिव ६ सय हिन्दु प्रणामी धर्मावलम्भिहरुको सहभागिता रहेको सो कार्यक्रममा श्री कृष्ण प्रणामी सत्सङ समिति झापाका संयोजक मिलन वस्नेत, केन्द्रीय अध्यक्ष श्याम कृष्ण केसि लगायतले सुभकामना राखेको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष इन्जिनियर रेशम ढकालले वन्न लागेको भवनको नक्साको व्रिफिङ साथै लागतका वारेमा पैष्ठ पारेका थिए ।

IMG_0466.jpeg copy

सदन ४ हजार स्क्वायर फिट क्षेत्रफलमा निर्माण हुने छ भने सदनको दायाँतिर पार्किङ र गेटको देब्रेपट्टि डिस्प्ले सहितको सुचना केन्द्र प्रविधि रहने जनाइएको छ । प्रत्येक तलामा २ हजारका दरले वस्न मिल्ने गरी पाँच तलाको प्रविविधि तथा अपाङ्ग मैत्री भवन वन्ने इन्जिनियर ढकालले वताए । प्रारम्भिक नक्सा मात्र तयार भएको वताउदै १ महिनामा यसलाइ पुर्णता दिने र ३ वर्षमा भवनको निर्माण कार्य पुरा हुने पनि इन्जिनियर ढकालले वताए ।

तीन वर्षमा सम्पन्न हुने सेवा सदनको अनुमानित लागत ३५ कारोड दाताहरुको तर्फ वाट नै जुट्ने धर्माचार्य जगत गुरु अनन्त श्री विभुसित १०८ श्री कृष्णमणी महाराजले विश्वास ब्यक्त गरे । कार्यक्रममा आफ्ना भक्तजनलाई अमृतमय प्रवचन दिदै वन्न लागेका भवन सम्पुर्ण हिन्दुहरुको आस्थाको केन्द्र वन्नेमा सवैलाई विश्वस्त हुन अनुरोधसमेत गरेका छन् ।