धरान  किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आठौ जिल्ला अधिवेशन शुक्रबारदेखि धरानमा शुरु भएको छ ।


धरान–१० स्थित किराया सुनसरीको आफ्नै कार्यालयमा अधिवेशन शुरु भएको हो । शनिबारसम्म चल्ने अधिवेशनको उद्घाटन किराया केन्द्रीय अध्यक्ष तिलक राईले गरे । उद्घाटन सत्रमा बोल्दै अध्यक्ष राईले यायोक्खाले उठाएको मुद्धाहरुमा आफुहरु गम्भिर भएर लागिरहेको बताए । यायोक्खाले उठाएको धेरै मुद्धाहरु राजनीतिक मुद्धा भएकाले राजनीतिक तहबाटै टुङग्याइने उनले बताए । ‘कतिपय हाम्रा मुद्धाहरु राजनीतिक मुद्धा छन्, ती मुद्धाहरु यायोक्खा एक्लैले टुङग्याउन सक्दैन, राजनीतिक तहबाटै टुङगीन्छ ।’ किराया अध्यक्ष राईले भने । यायोक्खाले छैठौं महाधिवेशनबाट १ नं. प्रदेशको नामाकरण ‘किरात’ राखिनु पर्छ भनेर अगाडी बढिरहेपनि जातीयताको विल्ला भिराउने काम भइरहेको उनले बताए । भुगोल, सभ्यताको आधारमा ‘किरात’ साझा भएपनि केही तत्वहरु राई समुदायलाई बदनाम गराउने खेलमा लागेकोले यसतर्फ आफुहरु सचेत रहनुपर्ने उनले सुझाब दिए ।

यी मुद्धाहरु उठाउँदा सामाजिक सद्भाव खलबल्याएको भन्ने आफुहरुमाथी आरोप आउने गरेकोले आफुहरु बौद्धिक रुपमा अभियानलाई अगाडी बढाइरहेको बताए । ‘किरात समुदाय बाहेक अन्य समुदायले पनि हामीले उठाएका मुद्धाहर उठाइदिन पर्यो अनि मात्र टुङगोमा पुग्छौं ।’ उनले भने ‘त्यसैको कडि हो २५ लाख हस्ताक्षर जुन हामीले प्रदेश सरकारलाई बुझाइसकेका छौं ।’ नेपाल अदिबासी जनजाती महासंघका सुनसरी अध्यक्ष रामकुमार राईले राज्यले आदीबासी हक अधिकारहरु कुण्ठित गर्ने काम गरेको आरोप लगाए ।

आदीबासीहरुको धर्म, संस्कार, संस्कृतिहरु लोप हुने खतरा बढिरहेको तर्फ सबैलाई उनले सचेत गराए । कार्यक्रममा किराया सुनसरीका निवर्तमान अध्यक्ष सुभचन्द्र राईसहित विभिन्न प्रारम्भिक कार्यसमितिका निवर्तमा अध्यक्षहरुलाई सम्मान् गरिएको थियो । कार्यक्रममा संस्थाको सांगाठानीक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम किराया जिल्ला अध्यक्ष कमला राईको अध्यक्षतामा भएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

photo 2 16

किरात राई पत्रकाहरु कालो फेटामा अधिवेशनमा सहभागी

किरात राई पत्रकारहरु कालो फेटा बाँधेर अधिवेशनमा सहभागी भएका छन् ।

धरान र चतराका १२ जना राई पत्रकाहरुले टाउकोमा कालो फेटा बाधेर विरोध जनाउदै अधिवेशन चलिहेको हलमा प्रबेश गरेका थिए । किरात राई पत्रकार संघ सुनसरीका सल्लाहकार जनकऋषी राईको नेतृत्वमा पत्रकारहरु कालो फेटा बाधेर हलमा प्रबेश गर्दा हलमा उपस्थित सबैजना आश्चर्यमा परेका थिए । ‘यायोक्खा भित्र व्यक्तिवादी चरित्र मौलाएको र संगठनलाई गुमराहमा पार्ने प्रवृतिका कारण विरोध जनाएका हौं ।’ पत्रकार जनकऋषी राईले भने । उनका अनुसार श्यामराज राई दुब्देहाङ स्मृति पत्रकारीता पुरस्कार मातृसंस्था यायोक्खासंग छलफल नगरी कोषको रकम २ लाख रुपैयाँ फिर्ता गरिएको, मिस टुरिजम कार्यक्रमको क्रममा करिब ३ महिना यायोक्खाको हल भाडामा लिएर हालसम्म पनि भाडा नबुझाएको र धरान–१७ स्थित किराया बनस्पती बाटिका (साकेला पार्क) मा निर्माणको क्रममा रहेको मुख्य प्रबेशद्वारमा बजेट अनुसारको काम नभएको विषयमा छलफल गर्नको लागि माग गरिएको छ ।

प्रबेशद्वारको लागि धरान उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डले १२ लाख १० हजार रुपैयाँ रकम विनियोजन गरेपनि काम पुरा नभएकोले विरोध गर्नुपरेको उनले बताए । ‘धरान उपमहानगरपालिका र पर्यटन बोर्डबाट १२ लाख १० हजार रुपैयाँ आएको भन्ने सुन्नमा आएको छ ।’ उनले भने ‘हामीले ठेकेदार र इन्जिनिय लाएर गेटको यती कामका लागि टेन्टेभिभ कत्ति लाग्छ भन्दा ७–८ लाख लाग्न सक्छ भन्यो, त्यसैले यो विषयमा छलफलको माग गरेका हौं, अरु केही हैन ।’