इटहरी: पुर्व पश्चिम राजमार्गअन्र्तगत इटहरीको पचरुखीमा ट्याक्टरले ठक्कर दिदा मोटरसाइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ ।

ट्याक्टरको ठक्करबाट बराहक्षेत्र नगरपालिका १० का ४० बर्षीय शालीग्राम निरौलाको मृत्यु भएको हो । उनीसँगै रहेका हेमराज कोइराला गम्भीर घाइते छन् । पश्चिमबाट पूर्व जादै गरेको को १ त ५६८५ नंम्बरको ट्याक्टरले को २२ प ६०७१ को मोटरसाइकललाई ठक्कर दिदा निरौलाको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै निरौलालाई इटहरीस्थित एपेक्स अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको त्यही मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीले ठक्कर दिने ट्याक्टरसहित चालकलाई नियन्त्रणमा राखेको छ ।