धरान : केके इन्टरनेसनल स्कुल, धरान १५ ले आप्mनो तेस्रो वार्षिक उत्सव स्पेक्ट्रा थ्री जि वर्ष सोमवार भव्य रुपमा मनाएको छ ।

विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थी र शिक्षक शिक्षिकाहरुलाई पुरस्कार वितरण गर्दै केकेले बार्षिकउत्सव मनाएको हो । विद्यालयका प्ले गु्रपदेखि कक्षा दशसम्मका प्रथम, द्धितिय र तृतिय विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । खेलकुद, नृत्य, नाटक, वक्तित्वकलालगायत अतिरिक्त क्रियाकलापका उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । व्रिटिस काउन्सिलद्धारा प्रदान गरिने इन्टरनेशनल स्कुल अवार्ड २०१७–२०२० विजेता बन्न सफल वनाउन विशेष योगदान पुर्याएको शिक्षक शिक्षिकालाई पनि कार्यक्रममा ट्रफि सहित सम्मान गरिएको थियो ।

5 1

उत्कृष्ट काम गर्ने विद्यार्थी, शिक्षक शिक्षिकाहरुको प्रोत्साहन तथा हौसला वढाउनको लागि सम्मान गरिएको विद्यालयका प्रबन्ध निर्देशक गिरिधारी सापकोटाले बताए । विद्यालयको उत्सव मनाउने क्रममा विद्यालयका छात्रछात्रा विभिन्न जातिय भेषभुषामा र्यालि समेत निकालेका थिए । धरान ८ वरगाछि चौकदेखि स्कुलसम्म विद्यार्थीहरुको र्याली निस्किएको थियो । स्कुलले वेस्ट डे वोर्डिङ्ग स्कुल, दुवइद्धारा यहि डिसेम्वर २३ मा प्रदान गरिने वेस्ट डे वोर्डिङ्ग स्कुल अवार्डका लागि आफ्नो स्कुल छनौट भएको पनि जानकारी दिएको छ ।

विभिन्न ४० वटा देशको ६ हजार विद्यालय मध्येबाट केके स्कुल छनौट भएको हो । विद्यालयको वार्षिक गतिविधी र उपलव्धिको आधारमा अवार्ड विजेता भएको विद्यालयका सञ्चालक अध्यक्ष प्रविण अग्रवालले जानकारी दिए । अवार्ड थाप्नको लागि विद्यालयका अध्यक्ष प्रविण अग्रवाल र विद्यालयका प्रिन्सिपल भिक्टर जोसेफ दुवइ जाने विद्यालयले जनाएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका अभिभावकाहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले आप्mनो प्रतिभाहरु प्रस्तुत गरेर उपस्थितीहरुलाई मनोरञ्जन दिलाएका थिए ।

6 1