तेह्रथुम: तेह्रथुमको आठराई गाउँपालिका ४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २६ को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् ।

लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजुरी आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । पक्राउ परेका लिम्बुलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।