धरान: मोवाइल खेलाउन दिने वहानामा बालिकालाई जर्बजस्ती अप्राकृतिक मुख मैथुन गराउने धरान ४ का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले वडा नं ४ का ४० बर्षीय सन्तोष कार्कीलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो । डिएसपी सुमन तिम्सिनाका अनुसार कार्कीले पीडित बालिकालाई मंसिर २९ गते मोवाइल खेलाउन दिने वहानामा एकान्तमा लगेर मुखमा जर्बजस्ती लिंग पसाई करणी गरेका थिए । करिब साँझ ५ बजेको यो घटना हो । पीडित बालिका करिब ८ बर्षको रहेको प्रहरीले जनाएको छ ।

डिएसपी तिम्सिनाका अनुसार आज बुधबार करिब १ बजेतिर घटनाबारे मौखिक जानकारी आएपछि प्रहरी टोली परिचालन गरेर पक्राउ गरिएको थियो । उनलाई बुधबारै जिल्ला अदालतबाट अनुसन्धानको लागि थुनामा राख्न म्याद थप भइसकेको डिएसपी तिम्सिनाले बताए । 'कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर म्याद थप गरी अनुसधान शुरु गरिएको छ, उनलाई जवरजस्ती करणी मुद्दामा अनुसन्धानमा राखिएको छ,'डिएसपी तिम्सिनाले भने ।