मोरङ: नागरिकता किर्ते मुद्दामा अदालतबाट सजाय भएपछि फरार रहेका ६ जना आरोपितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट जरिवाना सजाय भई फरार रहेका ६ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मोरङ जहदा गाउँपालिका २ बस्ने ३८ बर्षीय ३८ रामप्रित पासवान, ५५ बर्षीय पन्चु साह, ६५ बर्षीय सुर्य नारायण साहतेली रहेका छन् ।

यस्तै, ५५ बर्षीय डोमी पासवान, ३५ बर्षीय श्रवण कुमार साह र ४५ बर्षीय रविलाल मण्डललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल साउन १६ गतेको फैसलाले उक्त मुद्दामा जनही २५ हजार रुपैयाँ जरिवाना सजाए तोकेको थियो । दिउँसो २ बजे गोप्य सूचनाको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मोरङ जहदा गाउँपालिका २ मा लुकिछिपी रहेको अवस्थामा पक्राउ परेका ६ जनालाई आज(बिहिबार) अदालतमा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।