काठमाण्डौ । राजधानी काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ मा एक बालिकामाथि सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

चन्द्रागिरी ६, मातातीर्थमा १५ वर्षीय बालिकामाथि बुधबार साँझ सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको छ । उजुरी आएपछि महानगरीय प्रहरी वृत्त, थानकोटले घटनाबारे विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न भएको आशंकामा ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम खुलाएको छैन ।

प्रही वृत्तका प्रमुख डिएसपी कुमार विक्रम थापाले जाहेरी आएको पुष्टि गर्दै अनुसन्धान थालिको बताए । साथै उनले जाहेरी परेपछि बालिकाको स्वाथ्य परीक्षण गर्न पनि पठाएको बताए । ‘घटनाबारे उजुरी परेको छ, पीडित भनिएकी बालिकालको स्वास्थ्य परीक्षण गर्ने र विस्तृत अनुसन्धानको काम भइरहेको छ,’डिएसपी थापाले भने ।