धरान: किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीमा नवनिर्वाचित पदाधिकारीहरुलाई शुक्रबार पदस्थापना
गरिएको छ । एक साताअधि सम्पन्न ८ औं अधिवेशनबाट बलराम राईको अध्यक्षतामा चयन भएका २५ सदस्यीय नयाँ पदाधिकारीहरुलाई पदस्थापना गरिएको हो ।

समितिको उपाध्यक्षद्वय नगेशचन्द्र राई (इटहरी) र हिन्दुहाङ राई, सचिबमा राजेन्द्र राई, सह–सचिवमा नविन राई, सम्भु राई (पृथक) र चन्द्रकला राई (इटहरी), कोषाध्यक्षमा सुबित्रा राई र सह–कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ निवार्चित भएका थिए । त्यसैगरी, सदस्यहरुमा रमेश राई, मेनुका राई, झुमा राई, केशब राई, सत्येन्द्र राई, इन्दिरा राई, चन्द्र बान्तावा राई, यलमहाङ राई, अमित कुमार राई, प्रदिप राई, नन्द कुमारी राई, सबिता राई, नुनिहाङ राई, गोपाल राई, चन्द्र कुमार राई, दुर्गा कुमारी राईलाई सम्मानपत्रसहित माला लगाएर पदस्थापना गरिएको थियो ।

धरान–१० स्थित यायोक्खामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कमला राईले सम्मानपत्र तथा माला लगाइ दिएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथी किराया केन्द्रीय अध्यक्ष तिलक राई, किराया केन्द्रका पदाधिकारी, जिल्ला समितिका सल्लाहकारलगायतको उपस्थिती रहेको थियो । केन्द्रीय नेता, जिल्ला सल्लाहकारलगायतले नवनिवार्चित पदाधिकारीहरुलाई फुलमाला र प्रमाणपत्रसहित पदस्थापना गराएका थिए ।