दाङ: सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ३ स्थित राम्री भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुदा १० जनाको घटनास्थलमा मृत्यु भएको ।

राप्ती प्राविधिक शिक्षालयका शिक्षक तथा विद्यार्थीहरु अवलोकन भ्रमण सकेर फर्कदै गर्दा बा ४ ख ९७६६ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडकबाट खसेको थियो । बसमा ९ महिला र २१ जना पुरुष सवार भएको अनुमान गरिएको छ । के कति क्षति पुग्यो भनेर खुल्न सकेको छैन । तर प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार १ महिला र ९ पुरुषको शव घटनास्थलमा भेटिएको छ ।मृत्यु हुनेको संख्या बढ्नसक्ने बताइएको छ । 

दुर्घटनको कारण खुल्न सकेको छैन । प्रहरीले घटनामा परेकाहरुको उद्दार कार्य जारी राखेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय तुल्सीपुरका डिएसपी प्रेम शाहीको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी निरीक्षक राजकुमार गौतमको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको छ । घटनास्थल तुल्सीपुरबाट करिब १३ किलोमिटर उत्तरमा पर्छ । शिक्षक एवं विद्यार्थीहरु सल्यानको कपुरकोटस्थ्ति मुलपानी वनस्पती उद्यानको अवलोकन भ्रमण सकेर फर्कदै गरेको प्रहरीले जनाएको छ ।