दाङ: दाङको तुल्सीपुर ३ स्थित राम्री भन्ने ठाउँमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्युको संख्या २३ जना पुगेको छ । मृत्यु भएका सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय, तुल्सीपुरले दिएको जानरकारी अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी जुम्लाका ११ जना रहेका छन् । यस्तै, दाङका ६ जना छन् भने बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १, १ जना मृतक रहेका छन् । घोराही उपमहानगरपालिका १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी एवं शिक्षकहरु सल्यानको मूलपानीमा रहेको बनस्पती उद्यानको अध्ययन सकेर फर्कने क्रममा बस दुर्घटना भएको थियो । दुर्घटनाका परेर मृत्यु भएकामध्ये १९ पुरुष र ४ महिला छन् । जुम्लालगायत टाढाका जिल्लाको शव लिन आज शनिबार हेलिकप्टर तुलसीपुर आउने प्रहरीले जानकारी दिएको छ । घाइते १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ ।

मृत्यु हुनेमा दाङका बस चालक घोराही उपमहानगरपालिका ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं। १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।

यस्तै, जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ बर्षिया कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ बर्षिय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० बर्षिय विरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ बर्षिया शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ बर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ बर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ बर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् । यसैगरी, शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ बर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ बर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ बर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ बर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ बर्षीय महेश जोशी र बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको पनि दुर्घटनामा मृत्युभएको छ ।

बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको रिर्जभ गरिएको बस दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा २२ जनाको मृत्यु भएको यिो भने एकजना नेपालगंजमा उपचारको क्रममा निधन भएको हो । दुर्घटना शुक्रबार अपराह्न ४ बजेर ५० मिनेटमा दुर्घटना भएको थियो ।