पथरी : पथरीशनिश्चरे नगरपालिकाले कर्मचारीबाट जनताले भोग्नु परेको समस्याको लिखित निबेदन माग गरेको छ ।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीले जनतालाई दिदै आएको सास्तीको चौतर्फी गुनासो बढ्दै गएको भए पनि नगरपालिकामा कुनै लिखित निबेदन नआएको नगर प्रमुख दिलिप कुमार राईले बताए । नगरपलिकाको इन्जिनियर अरुण क्षेत्रीको बिरुद्धमा बिभिन्न संचार माध्यममा समचार प्रकासन भए यता नगरपालिका मौन बसेको छ । यता कर्मचारीको मनोमानि भएको गुनासो बढि रहेको समयमा नगरका सि सि क्यामारा खुस्काईनु, बिधुतिय हाजिरी नहुनु, नगरपालिकामा आर की टेक इन्जिनियरको दरबन्दी नभए पनि जबरजस्त आर की टेक इन्जिनियर राखीनु, प्रदेश सरकारले बहुजातिय सास्कृतीक संग्राहलयको लागि धोषण गरेको वडा नं। १० मा रहेको शरणर्थी शिविरमा आर सि सि भवन निमाण हुनु र नगरपालिकाले लिखित निबेदन माग्नुले कतै सबै जनप्रतिनिधीहरुको समेत संलग्नता रहेको आसंका उब्जीन थालेको छ ।

नगरपालिकाले नगरमा भएका सामुदायीक बिध्यालयमा गएर चर्को मुल्यमा आफ्ना कर्मचारीहरुले जागिर गर्दा समेत बेवस्था गरेको छ भने सामुदायीक बिध्यालयले चर्को मुल्य लिएर सिटिइभिटी द्धारा मान्यता प्राप्त सिभिल इन्जिनियरीङ शिक्षा दिदा कुनै जानकारी नभएको बताएको छ ।  १ महिना अघिदेखी न्यायीक समिती सदस्य दुर्गा प्रसाद सिटौलाले जालसाझी गरि मेरो बुबा आमाको जग्गा आफ्नो बनाएको भन्दै हरि प्रसाद गजुरेल धाइरहनु र नगरपालिका मैन देखिनुले न्यायपालिका माथी पनि प्रश्न उब्जिएको छ । न्यायपालिकाले न्यायीक संयोजकको रोहवरमा एक खाल्को छलफल गरेको तर कित्रे कागज बनाई दुर्गा सिटौलाले कित्रे कागज बनाएको गजुरेल बताउछन । न्यायपालिकाले न्यायको सट्टा अन्याय गर्दा समेत जनप्रतिनिधीहरु मौन रहेको देखिन्छ ।