विराटनगर: मोरङको जहदा गाउँपालिका – १ कालाबञ्जरस्थित दशगजा क्षेत्रमा भारतले अतिक्रमण गरी निर्माण गरेको सडक भत्काइएको छ ।

भारतले जर्बजस्ती अतिक्रमण गरेर निर्माण गरिरहेको सडकलाई नेपाल पक्षत्रबाट आपत्ति जनाउदै रोक लगाएपछि मंगलबार भत्काइएको हो । दुवै देशका अधिकारीबीच छलफल हुदा सडक भत्काउने सहमति भएपछि मंगलबार भारतीय पक्षले भत्काउन थालेको हो । भारतले विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को दुई गाउँ जोड्न सडक बनाउन थालेको थियो 

अन्र्तराष्ट्रिय कानुन मिचेर दशगजा क्षेत्र मिच्दै भारतले सडक निर्माण गर्न थालेपछि नेपालको तर्फबाट प्रशासलने रोकेको थियो । नेपालका अधिकारीले भारतीय अधिकारीसँग समन्वय गरेर निर्माण भएको सडक भत्काउन थालिएको हो । दुवै तर्फको निगरानीमा सडक भत्काउने काम भएको छ । नेपालका सरकारी अधिकारीहरुका अनुसार भारतीय ठेकेदारले निर्माण गर्नुपर्ने ठाउँभन्दा झण्डै ३५ मिटर उत्तर नेपालतर्फ च्यापेर दशगजामा सडकको काम गरेको थियो । उक्त ठाउँमा सडक बनेको भए लोहन्द्रा र जुडी खोलाको पानी थुनिएर बर्षातमा नेपालतर्फ डुबानमा पर्ने खतरा थियो ।