धरान: हाडनाता भित्र जर्बजस्ती करणी गरेर फरार रहेका धरान ५ साउनेटारका ३६ बर्षीय झमकबहादुर बस्नेत पुर्पक्षको लागि थुनामा गएका छन् ।

हाडनाता करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि बस्नेत फरार भएका थिए । उनलाई हाडनाता पर्ने करिब १६ बर्षीय किसोरीमाथि जर्बजस्ती करणी गरेको अभियोग थियो । पीडित किसोरीले धरानस्थित कलेज जानुअघि बिहानै मौका छोपेर दुव्र्यवहार तथा जर्बजस्ती गरेको बताइएकी थिइन् ।

प्रहरीले जाहेरी दर्ता गरेपनि बस्नेत पक्राउ पर्न नसकेपछि धरानमा महिला सञ्जालको नेतृत्वमा महिला, विद्यार्थी तथा युवाहरुले ज्ञापन पत्र, डेलिगेशन, विरोध प्रर्दशनलगायत कार्यक्रम गर्देै प्रहरीलाई दबाब दिएको थियो । चौतर्फी दबाब पछि पनि प्रहरीले खोजी कार्य तीब्र बनाए पनि बस्नेत भारतमा लुकीछिपी बसेका थिए ।

डिएसपी सुमन तिम्सनाका अनुसार बस्नेतलाई पुष १० गते जिल्ला अदालत सुनसरीले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । अदालतको आदेश पछि बस्नेतलाई मंगलबार नै झुम्कास्थित क्षेत्रीय कारागारमा थुनामा पठाइएको उनले बताए । महिला सञ्जालकी अध्यक्ष सविता राईले बस्नेत पक्राउ परी पुर्पक्षमा थुनामा गएकोमा सन्तोष व्यक्त गर्दै पीडित किसोरीले अझै पुर्णरुपमा न्याय पाउन बाँकी नै रहेको प्रतिक्रिया दिइन् । ‘अदालतबाट बस्नेतलाई अझ कडा सजाय र पीडितलाई न्याय दिलाउन हाम्रो निरन्तर खबरदारी रहीरहन्छ,’उनले भनिन् ।

तस्बिर क्याप्सन: बस्नेतलाई पक्राउ गर्न माग गर्दै गत भदौमा धरानमा महिलाहरुले निकालेको र्याली ।