धरान:कुकुर वर्गलाई विदाई र मृग (फो ल्हो) वर्गलाई स्वागत गर्दै धरानका तमु गुरुङहरुले ल्होसार मनाउदै आइबार नयाँ राजा पनि चयन गरेका छन् ।

धरान १८ स्थित नेपाल बौद्ध गुम्बा, पुर्वाञ्चल(गुरुङ गुम्बा)मा आइतबार ल्होसार मनाउने क्रममा धरानका तमुहरुले एक बर्षको लागि नयाँ राजा पनि चयन गरेका छन् । ल्होसार अर्थात नयाँ बर्षको अवसरमा घैला फुटाउने प्रतियोगिता गरी धरान १६ का लक्ष्मण तमुलाई नयाँ तमु राजा घोषणा गरिएको हो । करिब २० जना घैला फुटाउने कार्यक्रममा सहभागी भएपनि लक्ष्मण मात्र सफल भएका थिए ।

yyy copy

घैला फुटाउन सफल भएपछि उनलाई धरान क्षेत्रका नयाँ तमु राजा घोषणा गरिएको छ । उनलाई फेटा गुथेर सम्मानसहित घर पुर्याइएको छ भने ६ तोलाको चादीको तक्मा(मेडल) पनि दिइएको छ । उनी धरान क्षेत्रमा एक बर्षसम्मको लागि तमु राजा घोषित भएका हुन् । अर्को बर्ष पुनः ल्होसारमा यसरी नै नयाँ राजा चयन गरिन्छ । ‘उहाँ आलंकारिक राजा भएको हो, अब एक बर्षको लागि तमुहरुको राजा भनेर सम्बोधन गरिन्छ,’कार्यक्रमका प्रमुख अतिथि एवं तहु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सह महासचिव डम्बर तमुले भने,‘गुम्बा परिसरमा हुने कार्यक्रमहरुमा राजाकोरुपमा बोलाएर सम्मान स्वरुप आसन ग्रहण गराइन्छ ।’

धरानमा विगत अढाई दशकदेखि यसरी नै बर्षेनी तमु राजा चयन गरिने गरिएको छ । तमु गुरुङहरुले आफ्नो परम्परा जोगाउन निरन्तरता दिदै आएका छन् । केन्द्रीय सह महासचिव तमुका अनुसार उहिल्यै तमुहरुको क्होला(राज्य)मा जो शुरवीर छन्, उसैलाई राजा घोषणा गरिन्थ्यो । त्यसको लागि कतै दौड प्रतियोगिता हुन्थ्यो भने कतै छेलो हान्ने वा कतै घैला फुटाउने प्रतियोगिताहरु आयोजना गरिन्थ्यो । ‘तमुहरुको राज्यमा वंशानुगत राजा वा उत्तराधिकारी हुदैनथ्यो, यसरी नै जो शुरविर हुन्थ्यो, उ नै राजा हुन्थ्यो,’उनले भने ।

49609878_1951085018533688_3381490132245807104_n copy

बषौंअघिको यो परम्परालाई धरानमा पनि बर्षेनी निरन्तरता दिइदै आएको छ । तहु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरीका अध्यक्ष बकसमान गुरुङका अनुसार उहिल्यै बाइसे, चौबिसे राज्य हुँदा गण्डक क्षेत्रमा यो परम्परा थियो । दौडमा प्रथम हुनेलाई लिगलिगको राजा छानिन्थ्यो भने अन्य राज्यमा कतै छेलो हान्ने प्रतियोगितामा प्रथम हुने, कतै घैला फुटाउने प्रतियोगितामा प्रथम हुनेलाई राजा घोषणा गरिन्थ्यो । त्यही इतिहास एवं परम्परालाई पुर्वका गुरुङहरुले पनि निरन्तरता दिदै जोगाइराखेको अध्यक्ष गुरुङले बताए । ‘हामीले यसरी नै हरेक बर्ष घैला फोर्नेलाई राजा घोषणा गरिरहेका छौ । घैला फुटाउनेलाई एक बर्षसम्म राजा नै मान्छौ,’उनले भने ।

20181230-145507 copy