धरान:भिइआइपी र भिभिआइपी विराटनगर आउदा मोरङ जिल्ला प्रशासन कार्यालयले को १ झ २३५ नम्बरको प्राडो व्यवस्थापन गर्ने गरेको थियो । प्रदेश नं १ मा प्रदेश सरकार गठन भएपछि २० बर्ष पुरानो उक्त गाडी मुख्यमन्त्री शेरधन राईको लागि प्रयोग हुन थाल्यो ।

सो गाडी मुख्यमन्त्रीलाई प्रयोग गर्न दिइए पछि मोरङका प्रमुख जिल्ला अधिकारीलाई भिआइपी र भिभिआइपीको सवारी हुदा सधै तनाव हुने गथ्र्यो । उनीहरुको लागि सवारी साधन व्यवस्थापन गर्न हम्मे पथ्र्यो । कहिले कुन कार्यालय, कहिले कुन कार्यालयको गाडी खोजेर भिआइपी, भिभिआइपी आउदा व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । अब भने मोरङका प्रजिअलाई विराटनगर वा पुर्व कोही पनि भिआइपी, भिभिआइपी आउदा कुनै समस्या हुने छैन । यसको कारण हो, प्रदेश सरकारले हालै मात्र निसान ब्राण्डका २ वटा गाडी किनेर भिभिआइपी र भिआइपीको लागि सवारी साधन जगेडा राखेको छ । अब प्रदेशमा आउने राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रसभाका अध्यक्ष, प्रतिनिधि सभाका सभामुख, अन्य प्रदेशका मुख्यमन्त्री, बिदेशी सरकार प्रमुखहरू तथा बिदेशी केन्द्रिय मन्त्रीहरु आउँदा यी जगेडा गाडिहरु प्रयोग हुनेछ ।

gggg



प्रदेश सरकारले भिभिआईपी र भिआईपीलाई गाडी व्यवस्थापन गर्नको लागि गाडी खरीद गर्ने उद्देश्यका साथ आर्थिक बर्ष २०७५ र ७६ मा ४ करोड विनियोजन गरेको थियो । सोही शिर्षक अनुसार २ वटा निसान ब्राण्डको गाडी खरीद गरिएको हो । प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउदा तत्कालिन प्रमुख जिल्ला अधिकारीले खानेपानी कार्यालयको निसान गाडी ब्यवस्थापन गरेका थिए । अन्तिम चरणमा चेकजाँच गर्दा जापान सहयोग लेखेको स्टिकर गाडिको ढोकामा टाँसेको देखेपछी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले आफु चढ्ने सवारी साधन प्रधानमन्त्रीलाई गाडी ब्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री चडेको गाडी पनि अघिल्लो महिना झापाबाट बिराटनगर फर्कने क्रममा सुरुङा आसपासमा बिग्रेर १ घण्टा बाटोमा बस्नु परेको थियो । भिभिआइपी र भिआइपीहरुलाई पुरानो गाडीमा आवतजावत गर्दा हुने सुरक्षा संवेदनशीलताप्रति पनि सरकार सचेत हुन जरुरी देखिन्छ ।