इटहरी:मोरङको सुन्दरहरैचा नगरपालिकास्थित गोठगाउँमा रहेको पुुर्वाञ्चल बिश्वबिद्यालयसँग आफ्नो पर्याप्त भौतिक पुर्वाधार हुदाहुदै पनि भाडाको जग्गामा आफ्नो २५ औं बर्षको रजत जयन्ती मनाउन लागेपछि स्थानीय सरकार सुन्दरहरैचा नगरपालिकाले विरोध जनाएको छ ।

विश्वबिद्यालयसँग आवश्यक सबै पुर्वाधार हुदाँहुदै पनि पुर्णरुपले सञ्चालन हुन नसक्नुमा वर्तमानका पदाधिकारीहरुको राजनीति मुख्य कारण भएको नगरपालिकाले पत्रकार सम्मेलन गर्दै आरोपसमेत लगाएको छ । सुन्दरहरैचा नगरपालिका अन्र्तगत पर्ने उक्त बिश्वबिद्यालयमा अरबौको भौतिक पुर्वाधार छ भने कुल ८ सय ५ बिघा क्षेत्रफल जग्गा पनि रहेको छ । तर, पदाधिकारीहरुको अकर्मण्यताको कारण पुर्णरुपले सञ्चालन हुन सकेको छैन । रजत जयन्तीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी आजै पुर्व आइसकेककी छिन् ।

snapshot_032 copy

बिश्वबिद्यालयले पौष १९ गते आफ्नो रजत जयन्ती गोठगाउँमै मनाउनु पर्ने र पुर्णरुपमा सञ्चालन हुनुपर्ने नगरपालिकाले माग गरेको छ । बार्षिक नगरसभाबाट बिश्वबिद्यालयको सम्पुर्ण व्यवस्थापन गर्न सम्बन्धित निकाय र नेपाल सरकारलाई माग गरिसकेको नगरप्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । बनेको पुर्वाधार जीर्ण बन्दै गएको छ भने अर्कोतर्फ राज्यलाई पनि दोहोरो मार पर्दै गइरहेको भन्दै सुन्दरहरैचा नगरपालिकाले बिरोध गरेको हो । स्थानीय सरकारले विरोध जनाए पनि विश्वविद्यालयले आफ्नो रजत जयन्ती विराटनगरमा मनाउने सम्पुर्ण तयारी गरिसकेको छ । विश्वविद्यालयले विराटनगरबाटै भाडामा प्रशासनिक भवन पनि चलाउदै आएको छ ।

नेपाल सरकारले २०५० सालमा ८ सय ५ बिगाहा जमिनमा विश्वविद्यालयलाई दिएको थियो । सोही जमिनमा भौतिक पुर्वाधार निर्माणमा पनि राज्यले थुप्रै लगानी गरिसकेको छ । तर, केही पधादिकारीहरुको स्वार्थको कारण बिश्वबिद्यालयको प्रशासन विराटनगरबाट भाडामा चल्दै अएको छ भने विश्वविद्यालय वेवारिसे बनेको छ । स्थापनको २५ बर्षसम्म पनि स्थायित्व, आवश्यक ऐन, कानुन निमार्ण र परिमार्जनमा पदाधिकारीहरुले ध्यान नदिदा विश्वविद्यालय लथालिङ अवस्थामा पुगेको छ ।