काठमाण्डौँ : सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमसेर जबरा नियुक्त भएको छ । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जबरालाई न्यायालयको उच्च पद प्रधानन्यायाधीशमा नियुक्त गरेको हो ।

शितल निवासमा बुधबार बिहान एक समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश जबरालाई पद तथा गोपनियताको सपथ गराएको हो । त्यस लगत्तै उजले बुधबार बाटै सर्वोच्च अदालतमा पदभार ग्रहण गरे । संसदीय सुनुवाई समितिले मङ्गलबार उनको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

ओमप्रकाश मिश्रले मङ्गलबारबाट उमेर हदका कारण अवकाश लिएपछि सर्वोच्च अदालतको नेतृत्वमा जबरा नियुक्त भएको हो । उनी २०७९ सालसम्म प्रधानन्यायाधीश बनेका थिए । प्रजातन्त्र स्थापनापछि पूर्ण कार्यकाल प्रधानन्यायाधीश हुने जबरा पहिलो व्यक्ति हुन।