काठमाडौं: उच्च प्रहरी अधिकारी तत्कालीन एसएसपी, एक बालकसहित हत्या भएको चर्चित टिकापुर हत्या काण्डका मुख्य आरोपि रेशम चौधरीले आज प्रतिनिधिसभा सदस्यकोरुपमा सांसद पदको सपथ ग्रहण गर्दैछन् । उनी गएको संसदीय निर्वाचनमा कैलाली १ बाट निवार्चित भएका थिए ।

निर्वाचनमा प्रत्यक्ष भोट नमागे पनि अप्रत्यासितरुपमा जित हासिल गरेका चौधरीले सपथ लिन भने पाएका थिएनन् । उनी टिकापुर हत्या काण्डमा पुर्पक्षका लागि कारागारमा छन् । उनको पद तथा गोपनीयताको सपथ ग्रहण ११ बजे तय गरिए पनि दिउँसो ३ बजेको लागि सरेको छ । सपथ खुवाइसकेपछि चौधरी जेल जान्छन् कि जादैनन् भन्ने अहिले सर्वत्र चर्चा र चासोको बिषय बनेको छ ।

यद्यपी, सभामुख कृष्णबहादुर महरालो सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सपथ खुवाएपछि सांसद चौधरीलाई डिल्लीबजार कारागार नै लगिने प्रष्ट पारेका छन् । सभामुख महराले भनेका छन्, ‘सपथको लागि प्रहरीले नै लिएर आउँछ र प्रहरीले आफैंसँग लिएर जान्छ ।’ टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भनिएका चौधरीलाई सभामुख महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउने तयारी गरेका छन् ।