काठमाडौ: एक बालक र प्रहरीसहित ८ जनाको हत्या भएको टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले आज सांसदकोरुपमा सपथ ग्रहण गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणसँगै चौधरीलाई संसदको लोगो पनि लगाइदिएका थिए । शुरुमा विहान साढे ११ बजेत सपथ गराउने समय तालिका भएपनि दिउँसो ३ बजेको लागि सारिएको थियो । चौधरी टिकापुर घटनामा डिल्लीबजार कारागारमा पुर्पक्षको लागि थुनामा छन् । उनलाई त्यहीबाट सपथ खुवाउन प्रहरीको साथमा लगिएको थियो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । घटनापछि फरार रहेका चौधरीले भुमिगत अवस्थामा नै संसदीय चुनावमा उम्मेदवारी दिएर जित हासिल गरेका थिए ।