धादिङ : धादिङको गजुरी गाउँपालिका–१ सिद्धेश्वरी मन्दिर अगाडिबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।

बिहीबार राति पौने १० बजेतिर दुई वटा मोटरसाइकलमा आएका रसुवाका २७ वर्षीय अजित वाइबा, नुवाकोट तार्केश्वरी गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र २४ वर्षीय विकास तामाङलाई ४ किलो सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धाधिङले जनाएको छ ।

उनीहरु आएको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२–००३ प २५४० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । पक्राउ परेका तीन जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको उपरिक्षक विश्वकर्माले जानकारी दिए ।