इनरुवा: सुनसरीको हरिनगर गाउँपालिका ४ मियाँ टोलमा आगलगी हुदाँ ७ वटा घर जलेर नष्ट भएको छ । आगलागीमा ६० लाख बढीको क्षति पुगेको अनुमान छ ।

स्थानीय सलिम अन्सारीको गाईगोठबाट आगलागी शुरु भएको स्थानीयहरुले बताएका छन् । मंगलबार मध्यराती १२ बजे आगो सल्केको थियो । आगोले सलिमको घर जलेको छ, भने सोही ठाउँको सलाउद्दीन सिद्दीकीको ३ वटा घर पनि जलेको छ । यस्तै, अमिन मंसुरीको पनि ३ घर जलेर नष्ट भएको छ । आगलागीबाट १ थान साईकल, १ वटा गाई , २ वटा बाख्रा, अन्दाजी ३४ वटा हास कुखुरा, ४० मन धान, १५ मन गँहु , लत्ताकपडा , भडाबरत, कागज पत्र, सुन चान्दीका गरगहना , नगद १ लाख ५० हजार पैसा, जस्ता पाता लगायतका अन्य सामानहरु जलेर नष्ट भएको स्थानीयहरुले जनकारी दिएका छन् ।

49897278_235645027349571_4561645599274827776_n copy

सशस्त्र प्रहरी बल भुटाहाले सबै जवान परिचालन गरेर आगलागी नियन्त्रणमा लिन प्रयास गरेको जनाएको छ । सशस्त्र प्रहरी बल भुटाहा र स्थानीयकै सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो। आगलागीबाट घरको सबै सम्पति नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागी नियन्त्रणमा लिन इटहरी उपमाहनगरपालिकाका, दुहबी नगरपालिकाबाट दमकल आएको थियो । इनरुवा नगरपालिकाको दमकल भने बिग्रेको अवस्थामा छ । हरिनगर र देवानगंज गाउँपालिकाको स्थानीय सरकारले बरुणयन्त्र अहिलेसम्म खरीद गरेको छैन ।