इलाम : संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेसँगै वरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले इलाममा बुधबार साँझ ५ बजेदेखि १६ औँ सत्याग्रह सुरु गरेको छ ।

डा.गोविन्द केसीले सरकारले साउन १० गते आफूसँग गरेको सहमति पालना नगरेको भन्दै नेपाल सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अनसन बसेको हो । अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्न डाक्टर केसीले माग छ ।
त्यसैगरी डा. केसीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन पनि डाक्टर केसीले माग गरेको छ । प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरुमाथि तत्काल फौजदारी मुद्दा चलाउन सरकारसँग माग गरेको छ ।
देशमा बढेको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने डा. केसीले बताए ।
डा.केसीले प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण भएकोे बताए ।
आफूसँग भएको सहमतिलाई तोडमोड गरी ल्याइएको विधेयकले नागरिकको पक्षमा काम नगर्ने भन्दै उनले माग पूरा नभएसम्म इलाममा अनसन बस्न थालेको बताए ।