इनरुवा:सुनसरीको दुहबी नगरपालिका ९ स्थित छाताबेलीमा भएको फिदा हुसेनको गोली हानी हत्यामा संलग्न रहेको ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्याको करिब ५० दिनमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । फिदाको हत्याका योजनाकार मानिएका दुई जना र गोली हानी हत्या गरेपछि हतियार लुकाउन सहयोग गर्ने एकसहित ३ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले बिहिबार पत्रकार सम्मेलन गरी जानकारी दिए । एसपी अधिकारीका अनुसार दुहवी ९ सोनापुर छातावेलीका २८ वर्षिय मोहम्मत सकिम हुसेन, सोही ठाउँका ३१ वर्षिय मोहम्मद जाविर हुसेन र वडा १२ सितापुरका विशम्बर यादव योजनाकार रहेका थिए ।

50079567_352395322281260_2346389407453413376_n copy

पक्राउ परेकाहरुको सूचनाको अधारमा २१ वर्षिय मुसिर भन्ने जफर मियाँलाई पनि बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको अधिकारीले जानकारी दए । उनीहरुको सूचनाका आधारमा कटुवा पेस्तोल खोकासहित, दुई राउण्ड गोली, चक्कु एक थान त्रावमद गरेर प्रहरीले सार्वजनिक गरेको छ । हुसेनको हत्या आपसी रिसिबीको कारण भएको प्रहरीले बताएको छ । गत मंसिर ५ गते बिहान मर्निङवाक हिडिरहेका फिदामाथि गोली प्रहार भएको थियो । उनीभन्दा अघि सुनसरीको भुटाहाका खुर्सिद आलमको हत्या भएको थियो । उनको हत्यारा भने अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।