धरान: नौ बर्षिय आफ्नै छोरीमाथि बलात्कार गर्ने बुबासहित २ जनालाई प्रहरीले धरान १७ बाट पक्राउ गरेको छ ।

श्रीमति पोइला गएका ४० बर्षीय ती व्यक्तिले आफ्नी छोरीमाथि विभिन्न समयमा जर्बजस्ती करणी गरेको प्रहरीले बताएको छ । तर, बाबु छोरीको परिचय गोप्य राखिएको छ । चालिस बर्षीय ती व्यक्ति र ९ बर्षीय छोरी मात्र घरमा बस्दै आएका थिए । उनले पुष २३ गते राती करिब २ बजे जर्बजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय धरानले जनएको छ । त्यसभन्दा अघि पनि पटक पटक जर्बजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै, बुबासँग घरमा आउने अर्का ४९ बर्षीय तेज बहादुर कार्कीले समेत पैसा दिन्छु भन्दै ती बालिकालाई जर्बजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाबारे मौखिक सुचना आएपपछि हिजो बिहिबार बुबा र कार्की दुवैलाई प्रहरीले पक्राउ गरिसकेको डिएसपी सुमन तिम्सिनाले बताए । उनका अनुसार पीडितको घटना विवरण कागज बयान लिएपछि दुवैजनालाई पक्राउ गरिएको छ । साथै उनीहरुलाई आज शुक्रबार जिल्ला अदालत सुनसरीबाट म्याद थप अनुमती लिई जवरजस्ती करणी मुद्दामा अनुसन्धान शुरु गरेको पनि प्रहरीले जनाएको छ ।