पथरी : कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले वेथितिको दिशामा गइसकेको मुलुकलाई नयाँढंगले अघि बढाउन केही समय लागेको बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा आएका मन्त्री ढकालले शनिबार पथरीशनिश्चरेमा आयोजित एक कार्यक्रममा मुलुक विस्तारै ठिक दिशामा हिडिरहेको पनि दाबी गरे । कसैले पनि जादुको छडिले जस्तो एकैछिनमा सबै समस्या हल गर्न नसक्ने भन्दै मन्त्री ढकालले भने, बेथितिको दिशामा गइसकेको मुकुललाई नयाँ ढंगले अघि बढाउन केही समय लागेको हो । मन्त्री ढकालले हालसम्म १ सय ५६ वटा कानून वनाएर देशको अवस्था सुधार्दै लगेको पनि बताए । आफ्नो निर्वाचन क्षेत्रको मुख्य समस्याकोरुपमा रहेको बसोवासको समस्यालाई समाधान गर्नका लागि आउने बैशाखसम्ममा भूमि सम्बन्धि कानुन बनाइसक्ने पनि उनले बताएका छन् । आफुले दिएको बचनलाई पुरा गरेरै छाड्ने भएकाले सबैलाई ढुक्क रहन पनि ढकालले आग्रह गरेका छन् ।

pathari 3

यस्नै उनले प्रदेश नम्वर १ को गौरवको आयोजनामा अनावश्यक टिकाटिपणी भएको बताएका छन् । प्रदेशकै गौरवकोरुपमा पथरीशनिश्चरेमा निर्माण गर्न लागिएको आदिवासी जनजातिको भावना समेट्ने संग्रहालय निर्माणको विषयमा पछिल्लो समय विभिन्न टिकाटिपणीहरु भइरहेको बेला संघीय सरकारका मन्त्री ढकालले यस्तो बताएका हुन् ।आफुले निर्वाचनमा आदिवासी जनजातिहरुको पहिचान झल्कने खालको संग्राहलय निर्माण गर्ने कुरालाई अघि बढाएको पनि उनले स्मरण गराए ।

ढकालले अब निर्माण हुने संग्राहलय पनि आदीवासीहरुको संस्कृति झल्कने खालको नै हुने कुरामा ढुकक हुन सबैलाई आग्रह गरेका छन् । पाथीभरा, वराहक्षेत्र र हलेसीधाम समेत बनाउने कुराप्रति कसैले पनि नतर्सिन आग्रह गर्दै उनले अनावश्यक टिकाटिपणी गर्नुको कुनै तुक नरहेको पनि मन्त्री ढकालले बताए । सो भेटघाट कार्यक्रमपछि डाँस मोरङ्गी सामुदायिक वन समूहको १७ औँ वार्षिक साधारणसभालाई पनि मन्त्री ढकालले सम्बोधन गरेका थिए । छोटो समयमा ढकालले आफ्नो क्षेत्रमा भएका समस्या समाधानका लागि निरन्तर लागि परेको बताएका छन् । सो अवसरमा डाँसमोरङ्गीले पनि मन्त्री ढकाललाई सम्मान पनि गरिएको थियो ।

vanuuu