पथरी: पथरीशनिश्चरे १० रिगुवामा स्कुटरको ठक्करबाट सोमबार एक ब्यक्ति गम्भीर घाइते भएका छ्न् ।
को १ब १६५८ नम्बरको सरकारी स्कुटरको ठक्करबाट सोही स्थानका धन बहादुर कार्की घाइते भएका हुन् । दिउँसो भएको घटनामा ठक्करबाट घाइते कार्की को पथरी अस्पतालमा उपचार भइरहेको छ ।

सो स्कुटर पथरीशनिश्चरे १० का वडा अध्यक्ष सागर राईले नगरपालिकाबाट सुबिधा स्वरुप लिएको हो । सो बिषयमा राईसँग बुझ्दा वडाकै एक जना सेवाग्राहीले डकुमेण्ट लिनको लागि मागेको र उनलाई स्कुटर दिदा उनले ठक्कर दिएको बताए । ठक्कर दिने ब्यक्ति फरार रहेका प्रहरीले जनाएको छ ।