धरान:एक सातादेखि आमरण अनसन बसिरहेका डा.गोविन्द केसी र उनको विपरीत माग राखेर अनसन बसेका विजय थापालाई तत्काल सुविधा सम्पन्न आइसियु तथा सिसियु सेवा भएको अस्पतालमा लैजान बिशेषज्ञ चिकित्सकहरुको टोलीले सुझाव दिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गएको बिशेषज्ञ चिकित्सकहरुको टोलीले डा.केसी र थापा दुवैको स्वास्थ्य परीक्षण गरेपछि यस्तो सुझाव दिएको हो । बिशेषज्ञ टोलीले यो सुझाव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि पठाइसकेको छ । ‘मेनपावर मात्र भएर हुदैन,पुर्वाधार मेशिनहरु पनि चाहिन्छ । त्यो यहाँ छैन,’बिपी प्रतिष्ठानका सह निर्देशक डा.विकास साहले भने,‘उहाँलाई पुर्वाधार भएको ठाउँमा पुर्याउनु पर्छ । हामीले स्वास्थ्य परीक्षण गरेर यथार्थ रिपोर्ट दिएका छौ, अब धरान फर्कन्छौं ।’

आज बिहान प्रतिष्ठानबाट गएको टोलीले दिउँसो करिब ३ बजेर ५० मिनेटमा डा.केसीको स्वास्थ्य परीक्षण गरेको थियो । टोलीमा प्रतिष्ठानका अस्पताल सह निर्देशक डा.विकास साह, फिजिसियन तथा मुटू रोग बिशेषज्ञ डा.प्रशान्त साह, इमरजेन्सी बिशेषज्ञ डा. अजय यादव, एनेस्थेसियोलोजी तथा आइसियु बिशेषज्ञ डा. सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र देव र स्टाफ नर्स रचना राना छन् ।

                                  के छ डा. केसीको रिपोर्ट ?

50160304_234209227469886_6252490720955858944_n copy
परीक्षणबाट डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम हुदै गएको र स्वासप्रश्वासमा पनि समस्या देखिएको छ । यस्तै, मुटूको चाल पनि अनियन्त्रित भएको र मुटूको चाल नियन्त्रण गर्न खादै आएको औषधी अनसको कारणले पनि छुटेको टोलीले जनाएको छ ।

डा.केसीको शरीरमा ग्लुकोजको मात्रा कम हुदै गएको छ । शरीरमा पानीको मात्रा कम हुदै गएर टाउको दुख्ने, हातखुट्टा बाउडिने समस्या देखिएको छ । यसैगरि, शरीरमा प्रोटिन घटेर ३ दशमलव ३ ग्राम प्रतिडिएल पुगेको कारण खुट्टा सुनिन थालेको पनि बिशेषज्ञ टोलीले जनाएको छ ।

50613529_706841143043349_5185404696105320448_n copy

बिशेषज्ञ टोलीले शरीर कमजोर भई निमुनिया जस्ता प्राणघातक संक्रमण हुनसक्ने तर्फ औल्याएको छ । यस्तै, अक्सिजन र ग्लुकोजको मात्रा कम भई जुनसुकै बेला मुर्छा पर्नसक्ने र कृतिम स्वासप्रश्वासको आवश्यकता पर्नसक्ने, शरीरमा पानीको मात्रा कम भई मृगौलाले काम गर्न छोड्ने र शरीरमा हानिकारक रसायनहरु थुप्रिएर मुटुमा समस्या हुनसक्ने जटिलता पनि बिशेषज्ञ टोलीले औल्याएको छ ।

thapacopy

thapa