धरान: धरान–२ स्थित शिक्षा निकेनत विद्यालयको ६६ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । विद्यालयको आफ्नै परिषरमा भएको वार्षिक उत्सव तथा अभिभावक दिवशमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य, गित, कविता लगायत प्रतिभा देखाएका थिए ।

सोही अवसरमा विद्यालयमा अध्ययनरत जेहेन्दार ६० जना विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिएको विद्यालयका प्रअ उमेस गुरागाईले जानकारी दिए । कार्यक्रममा प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले सामुदायिक विधालयहरुको स्तर उन्नतीको लागि प्रदेश सरकारले विशेष योजना ल्याउने बताए । विधालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईले सामुदायिक विद्यालयतर्फ कक्षा १ देखि १० सम्म धरानमा पहिलो पटक अग्रेजी माध्यमबाट निकेतनले पढाइ सुरु गरेको बताए ।

niketan 1 copy

धरानका अन्य सामुदायिक विधालयको तुलनामा निकेत धेरै अगाडी रहेको दाबी समेत गरे । विद्यालयको भौतिक पूर्वाधार पुनः निर्माणको लागि प्रतिवेदनपत्र सभामुख भण्डारीलाई विधालयका प्रअ गुरागाइ र विव्यासका अध्यक्ष राईले संयुक्त रुपमा हस्तानतरण गरेका थिए ।