विराटनगर । चर्चित साढे ३३ किलो सुनकाण्डका आरोपिहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने उच्च अदालत विराटनगरका न्यायाधिशहरु कारबाहीमा परेका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धिकरण अभियानअन्र्तगत गलत नियतले न्याय सम्पादन गर्ने उच्च अदालत विराटनगरका पाँच न्याधीशलाई कारबाही गरेका हुन् । अनलाइनखबरमा प्रकाशित समाचार अनुसार सुनकाण्डमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिने विराटनगर उच्च अदालतका न्यायाधीशहरु न्यायपरिषद सचिवालयमा तानिएका छन् । राणाले गठन गरेको संयन्त्रले न्यायिक निगरानीको क्रममा गडबडी भएको भेटेपछि उनीहरुलाई सामुहिक रुपमा तानिएको समाचार प्रकाशित गरेको छ ।

अनलाइनखबरका अनुसार कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो घटना भएको पनि समाचारमा उल्लेख छ । पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्बोच्च अदालतबाट पत्र तयार भएको समाचारमा उल्लेख छ । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।