तेह्रथुम: पातलो वर्षासँगै तेह्रथुम र संखुवासभाका डाँडाकाँडामा बुधबार मध्यान्हबाट हिमपात भइरहेको छ ।

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । यो क्षेत्रमा सिजनमै बाक्लो हिमपात भएको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्के लगायत क्षेत्र हिउँले ढाकेको छ ।

himpatgua copy

मध्यान्हबाट निरन्तर हिमपात भइरहेको र अहिलेसम्म ३ फिटसम्म हिमपात भएको पर्यटन सुचना केन्द्र गुफाबजारका सचिव सन्तोष लिम्बुले बताए । चौकीदेखि माथिको क्षेत्रमा दिउँसोबाट दूई फिट हिमपात भएको छ । निरन्तरको हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिर समेत निस्कन सकेका छैनन् । एकसाथ वर्षा र हिमपात भएका कारण ह्वात्तै चिसो बढेको ओयाक्जुङका दिपक थाम्देनले बताए । चिसोका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ ।

gufa copy 1 himpat copy gufa1 copy 1