धरान: १५ दिनदेखि १६ औं आमरण अनसनमा रहेका डा.गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउदै मंगलबारदेखि धर्नामा बसेर आन्दोलन थालेका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरहरुले बिहीबार र्याली निकालेका छन् ।

प्रतिष्ठानस्थित जुनियर रेजिडेण्ड वेलफेयर सोसाइटीको नेतृत्वमा डा.केसीको समर्थनमा जनियर चिकित्कसहरुले र्याली निकालेका हुन् । उनीहरुले प्रतिष्ठानको जिओपीडी भवनबाट निकालेको ¥याली चोक भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर कोणभामा परिणत भएको थियो । कोणसभा पश्चात पुनः पुतली लाइन, बुद्धचोक हुँदै प्रतिष्ठानको जीओपीडी भवनअघि धर्ना स्थलमा पुगेर समापन भएको थियो । र्यालीमा सहभागी चिकित्कसहरुले ‘चिकित्सा शिक्षा व्यापार हैन, चिकित्सकमािथको दुव्र्यावहार बन्द गर, माफियातन्त्र मुर्दावाद, गोविन्द केसीको आवाज दवाउन पाइदैन, माफियामुखि ऐन चाहिदैनलगायत लेखिएका प्ले कार्ड बोकेर चर्को नारा पनि लगाएका थिए ।

IMG_20190124_101530 copy

पूर्व घोषित कार्यक्रम अन्तर्गत तीन घण्टा काममा सहभागी नभइ धर्नामा बसेर डा.केसीको समर्थन जनाइरहेको जुनियर रजिडेण्ड वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए । भोली (शुक्रबार) देखि जुनियर चिकित्सकहरुले आकस्मिक सेवा बाहेक कुनै पनि सेवामा सहभागी नहुने पनि उनले जानकारी दिए । ‘हामीले आज पूर्व घोषित कार्यक्रम अन्तर्गत धर्नासँगसँगै र्याली निकालेका हौ,’सोसाइटीका अध्यक्ष पौडेलले भने,‘भोली(शुक्रबारदेखि हामी आकस्मिक सेवा बाहेक कुनै पनि सेवामा सहभागी हुदैनौं ।’ डा.केसीको जायज माग तत्काल पूरा गर्न सरकारसँग उनीहरुले माग समेत गरेका छन् । चिकित्कसहरुको हितका लागि सरकारले ध्यान दिनुपर्ने बताउदै स्वास्थ्य क्षेत्रमा राजनीति नगर्न उनले सुझाब समेत दिएका थिए । गत शनिबारदेखि हातमा कालो पट्टि बाधेर विरोधमा उत्रिएको जुनियर चिकित्कसहरुले मंगलबारदेखि जीओपीडी अगाडि विहान ८ बजेदेखि ११ बजेसम्म धर्ना दिदै आएको छ ।

S6820021 copy

गत पुष २५ गते डा.केसीले १६ औं आमरण अनसन इलाममा सुरु गरेका थिए । उनको स्वास्थ्य अवस्था गम्भिर बनेपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरबाट गत विहीबार राती काठमाडौ लगिएको थियो । उनको अहिले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचार भइरहेको छ भने त्यही नै उनले अनसनलाई निरन्तरता दिइरहेका छन् । केदारभक्त माथेमा आयोगको प्रतिवेदन अनुसार विधेयक ल्याउने सरकारसँग यसअघि सहमति भएपनि हालसम्म नल्याएपछि डा.केसीले अनसन थालेका हुन् । सम्झौता भएअनुसारको विधेयक नल्याएको भन्दै नागरिकस्तरबाट पनि सरकारको तीब्र आलोचना भइरहेको छ भने सम्झौता अनुसार विधेयक ल्याउन संसदमा पनि चौतर्फी दबाब छ । सोही विधेयक पास गर्नेक्रममा मंगलबार सांसदमा सत्तारुढ सांसद र प्रतिपक्षि सांसदबीच घम्साघम्सी समेत चलेको थियो ।

IMG_20190124_101358 copy IMG_20190124_101445 copy