धरान:आफ्नी श्रीमति कुट्ने धरान उपमहानगरपालिका वडा नं ६ का सुभाष बिक्रम भण्डारी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दामा अनुसन्धान सुरु गरिएको जनाएको छ । भण्डारीले आफ्नी श्रीमति भेषकुमारी भण्डारीललाई कुटपिट गरेको आरोपमा पक्राउ परेका हुन् । घटना पछि पत्नी भेषकुमारीले जाहेरी दिएको र उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।