काठमाडौँ: १७ औँ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीसँग विगतमा गरेको सम्झौता कार्यान्वयनको माग गर्दै उज्जवल थापा नेतृत्वको विवेकशील नेपाली दलले राजधानीमा प्रर्दशन गरेको छ ।

सरकारविरुद्ध नाराबाजीसहित प्रर्दशनमा उत्रिएका नेता थापासहित करिब तीन दर्जन समातिएका छन् । १६ औं पटक अनसनमा रहेका डा.केसीसँगको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुन लागेको भन्दै विवेवशील दल पनि विरोधमा उत्रिएको हो । सोही क्रममा सरकारविरुद्ध नाराबाजी र प्रर्दशन हुदै गर्दा नेता, कार्यकर्ताहरु पक्राउ परेका हुन् । प्रहरीले उज्जवल थापा, मिलन पाण्डे, पुकार बम, शशिविक्रम कार्कीसहितका नेता तथा कार्यकर्ताहरुलाई समातेको बताइएको छ ।

उनीहरुले नागरिकहरु सार्वभौम हुन्, माफियाको बोली बोल्ने सांसदहरु माफिया जस्तै हुन् , डा. गोविन्द केसीको सबै मागहरु तत्काल पूरा गर, सरकार आफूले गरेका सम्झौता पालना गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए । यसैगरी, नागरिक समजले गरेको प्रदर्शनबाट पनि प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । उनीहरुले चिकित्सा शिक्षा विधेयक संसोधन हुनुपर्ने माग गरेर प्रर्दशन गरेका थिए ।