झापा :नेपालको प्रदेश नं. १ मै पहिलो पटक झापाको दमकमा वाल मैत्री स्थानीय सरकार, हामी सबैको सरोकार भन्ने मुल नाराका साथ बृहत बाल महोत्सव हुने भएको छ ।

दमक नगरपालिकाका मुख्य आयोजक रहेको महोत्सव माघ १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने मुल आयोजक ममितीले जानकारी गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महोत्सवमा विभिन्न विषयका विषयगत उपसमिति निर्माण गरी काम तीव्र रुपमा अगाडि वढाइएको छ । दमक नगरपालिका उपप्रमुख गीता कुमारी पौडेल अधिकारीको अध्यक्षतामा सम्पन्न हुदैछ भने सरसफाई, बाल प्रतिभा, सहभागी समन्वय, बाल प्रतिभा छनौट, खेल तथा मनोरञ्जन, पार्किङ ब्यवस्थापन, सुरक्षा, लगायतका उप समिति निर्माण गरी काम तिब्र वनाइएको छ ।

त्यसै गरी म्याथ ओलम्पियाड, हाजिरीजवाफ, चित्रकला प्रदर्शनी तथा प्रतियोगिता, कविता प्रतियोगिता, निबन्ध प्रतियोगिता, विज्ञान प्रदर्शनी, बक्तृत्वकला, वाल झाँकी लगायतका उप समिती निर्माण गरी कार्यक्रम सञ्चालन हुने जनाइएको छ । कुल ५९ लाख खर्च हुने अनुमान गरिएको महोत्सवमा बालबालिकाले तारा पुञ्ज अवलोकन गर्न पाउने मुल आयोजक समितिकी संयोजक गीता कुमारी पौडेल अधिकारीले बताइन । महोत्सवमा मनोज गजुरेल, राजा राजेन्द्र, सत्यराज आचार्य, स्वरुपराज आचार्य, विल्सन विक्रम राई, अशोक लर्जी, टंक वुढाथोकी, रमेश भट्टराई, निलम ढुंगाना लगायतका कलाकारको बेजोड प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवका कृयाकलापमा सहभागि हुनका लागि हाल सम्ममा १६ हजार भन्दा वढि बालबालिकाले अन्लाइन फर्म भरिसकेको बताउदै संयोजक पौडेलले आधारभुत र माध्यमिक तहका आधारमा सहभागिता गराइने बताइन् । महोत्सवमा आवश्यक पर्ने खर्च नपुग भएमा केन्द्र र प्रदेश सरकारबाट पनि सहयोगको आश्वसन आएको बताउदै महोत्सवबाट फाइदा भएमा सडक बालबालिकाको व्यवस्थापनमा खर्च गर्ने पनि संयोजक पौडेलले जानकारी दिइन् ।