धरान (डेस्क) : १ नं. प्रदेशका १४ जिल्लामा बितेको २४ घण्टामा ७ सय ४० वटा सवारी साधन कारवाहीमा परेका छन ।

जसमा मापसे गरि सवारी चलाउने १९ जना, मोटरसाईकलमा ३ जना सवार गर्ने १३ जना, विना हेल्मेट मोटरसाईकल चलाउने १३ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ९५ जना, सवारी चालक अनुमति पत्र नभएका ४० जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन २४ जना, जथाभावी पार्किङ्ग गर्ने ३४ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ३२ जना, पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ६ जना, सुरक्षा पेटी नबाधेको १२ जना, कागज पत्र साथमा नराखेको १६१ जना, ट्राफिक ईशारा उल्लघंन गरेको ८ जना, सवारी साधनको वत्तीको अवस्था ठिक नभएको २९ जना, तीब्रगतिमा सवारी चलाएको ३६ जना, हर्न निषेधमा हर्न बजाएको २ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको २० जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ६१ जना, लापरवाही साथ सवारी साधन चलाएको १३२ जना र विना रुट परमिट सवारी चलाएको ३ जना गरी जम्मा सात सय चालिस जना सवारी चालक तथा सवारी धनीहरु ट्राफिक कारवाहीमा परेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।