इनरुवा:दुई तिहाईको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर वृहत प्रर्दशन गरेको छ । दुई तिहाईको दम्भमा सरकारले प्रतिपक्षीको सुनुवाई नगरेको र अधिनायकवादको बाटोमा हिडेको भन्दै कांग्रेसले सरकारविरुद्ध प्रर्दशन गरेको हो ।

सुनसरीमा पनि नेपाली कांग्रेसले सोमबार इनरुवामा वृहत विरोध सभा आयोजना गरेको थियो । सुनसरी सदरमुकाम इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले कांग्रेसको आन्दोलनले कम्युनिष्ट सरकारलाई पत्तासाफ गराई छाड्ने दाबी गरे । उनले वर्तमान ओली सरकारको जनविरोध काम र कार्यशैलीले आफै पत्तासाफ हुने दिसामा गएको पनि बताए ।

congress-ryalii-8

दुई तिहाईको सरकार कांग्रेसलाई कमजोर पार्न र सिध्याउने खेलमा लागेको भन्दै नेता गच्छदारले विश्वबाट कम्युनिष्ट परास्त भएझैं नेपालबाट समेत कम्युनिष्टहरु पत्तासाफ भएरै छोड्ने जिकिर गरे । गच्छेदारले ओली सरकारलाई हावादारी सरकारको संज्ञा समेत दिए । मुलुकमा भएका निर्णायक आन्दोलनदेखि ऐतिहासिक कालखण्डको साक्षी रहेको नेपाली कांग्रेसलाई सिध्याउँछु भन्ने ओली सरकारको मनसाय दिवास्वप्न मात्र हुने गच्छेदारले बताए ।

बहुमतको दम्भमा अधिनायकवादतर्फ लम्केको सरकार बेलैमा नसच्चिए पतनको दिसामा जाने गच्छदारले चेतावनी दिए । विरोध सभामा कांग्रेसका केन्द्रिय नेताहरु ज्ञानेन्द्र कार्की, मिनबहादुर विश्वकर्मासहित प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला लगायतकाले सम्बोधन गरेका थिए । विरोध सभा पूर्व जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले नगरको परिक्रमा गर्दै सरकार विरोधी नाराबाजी गरेको थियो ।