धरान(डेस्क): प्रदेश सभाको निर्वाचन पछि गठन भएको प्रदेशसभाको प्रथम बैठक बसेको आज एक बर्ष भएको छ । यो एक बर्षमा सबैभन्दा बढी ऐन, कानुन पारित गर्नेमा १ नं प्रदेश सभा अग्रणी रहेको छ ।
प्रदेश सभाले हालसम्म २३ वटा विधेयकहरु पारित गरिसकेको छ । अहिले पुनः प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भइसकेको छ । यो एक बर्षमा प्रदेश सभामा के भयो ? कुन कुन विधेकयहरु पारित भयो ? यहाँ प्रस्तुत गरिएको छः

–प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गको हस्ताक्षरित प्रदेश सभाको प्रथम बैठक माघ २२ गते आव्हान गर्ने पत्र प्रदेश सभा सचिवालयलाई २०७५ माघ १५ गते प्राप्त भएको थियो ।
– प्रदेश सभाको प्रथम बैठक ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा माघ २२ गते बसेको थियो ।
– प्रदेश सभाको सभामुख पदको लागि २०७४ माघ २८ गते तत्कालीन नेकपा एमालेका तर्फबाट प्रदिपकुमार भण्डारीको मात्र उम्मेदवारी परेको थियो भने माघ २९ गते भण्डारी सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
– प्र्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले प्रदेश सभाका नवनिर्वाचित सभामुख प्रदिपकुमार भण्डारीलाई २०७४ माघ २९ गते नै पद तथा गोपनियताको शपथ गराएका थिए भने सोही दिन सभामुख भण्डारीले पदभार ग्रहण गरेका थिए ।

7

– प्रदेश सभाको उपसभामुख पदको लागि फाल्गुण २ गते तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फबाट सरस्वती पोख्रेलको मात्र उम्मेदवारी परेको थियो भने फाल्गुण ३ गते पोख्रेल उपसभामुखमा निर्विरोध निर्वाचित भएकी थिइन् । फागुन ३ गते नै सभामुख भण्डारीले नवनिर्वाचित उपसभामुख पोख्रेललाई पद तथा गोपनियताको शपथ गराएका थिए भने पोख्रेलले सोही दिन पदभार ग्रहण गरेकी थिइन् ।
– प्रदेश सभाको २०७४ चैत्र १९ गते बसेको बैठकले “प्रदेश आर्थिक कार्यविधी विधेयक २०७४” सर्वसम्मतिले पारित गरेको पहिलो विधेयक हो ।
– प्रदेश सभाबाट पहिलो अधिवेशनमा ११ वटा विधेयक पारित भएको थियो भने दोस्रो अधिवेशनबाट १२ वटा गरि हाल सम्म जम्मा २३ वटा विधेयक पारित भएको छ ।
– प्रदेश सभाको पहिलो अधिवेशन २०७४ माघ २२ गतेबाट २०७५ बैशाख २६ गतेसम्म बसेको थियो । उक्त ९३ दिनको अवधिमा जम्मा २२ दिनमा ३९ पटक बैठक बसेको थियो । समयको हिसावले जम्मा २८ घण्टा १८ मिनेट संसद बैठक बसेको थियो ।
– प्रदेश सभाको दोस्रो अधिवेशन २०७५ जेष्ठ १७ गते बाट २०७५ आश्विन २३ गतेसम्म १३० दिनको अवधिमा जम्मा ५२ दिन ५८ पटक बैठक बस्यो । समयको हिसावले ६० घण्टा १५ मिनेट संसद बैठक बस्यो ।
– प्रदेश सभाको दुवै सत्रको कुनै पनि बैठक अवरुद्ध भएको थिएन ।

DSC_2027-01

– २०७४ फाल्गुण १४ गतेको बैठकबाट ११ सदस्यीय प्रदेशसभा नियमावली मस्यौदा समिति गठन भएको थियो । उक्त मस्यौदा समितिका संयोजक लिला बल्लभ अधिकारीले २०७४ चैत्र ७ गते प्रतिवेदन प्रस्तुत गरी चैत्र ०८ गते छलफल र संशोधन पश्चात प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ सर्वसम्मतिले पारित भएको थियो ।
 विषयगत समितिहरु गठन:
२०७४ चैत्र २८ गते न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिका सदस्यहरुको मनोनयन भएको थियो ।

 प्रदेश प्रमुखको संबोधन:
२०७४ चैत्र २९ गते प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङले प्रदेशसभामा सम्बोधन गरेका थिए । उक्त सम्बोधनप्रति सांसद टंक आङबुहाङ लिम्बु प्रस्तावक र राज कुमार ओझा समर्थक भई प्रस्तुत भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो ।

 बजेट: २०७४ चैत्र २९ गते आर्थिक मामिला तथा योजना मन्त्रीले राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत तथा टेबुल गरेका थिए । २०७५ बैशाख ०४ गते सामान्य छलफल भई विनियोजन विधेयक प्रस्तुत गरेका थिए । २०७५ बैशाख ०५ गते विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको शीर्षकमाथि समूहकृत रुपमा छलफल भइ विनियोजन विधेयक पारित भएको थियो ।

 मुख्यमन्त्रीको सम्बोधन: यसै अवधिमा प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठक २०७४ फाल्गुण १४ गते र पहिलो अधिवेशनको अन्तिम बैठक २०७५ बैशाख २६ गते मुख्यमन्त्री शेरधन राईले सम्बोधन भरेका थिए ।

 प्रधानमन्त्रीको संबोधनः २०७५ जेष्ठ २६ गते प्रधानमन्त्री के. पी. ओलीले प्रदेशसभामा सम्बोधन गरेका थिए ।

21

–२०७५ जेष्ठ २७ गते प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङले आर्थिक वर्ष २०७५र ०७६ को लागि प्रदेश सरकारको तर्फबाट प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम सम्बोधन गरेका थिए ।
–२०७५ असार १ गतेको पहिलो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत तथा दोस्रो बैठकमा टेबुल गरेका थिए । २०७५ असार ४ गते संसदमा प्रस्तुत भई सोही मितिमा आर्थिक विधेयक पारित भएको थियो भने २०७५ असार १० गते विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको शीर्षकमाथि छलफल समाप्त भई विनियोजन विधेयक पारित भएको थियो ।

हालसम्म पारित भएको विधेयकहरु:

१. २०७४ चैत्र १९ गते प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४
२ २०७५ बैशाख ०५ गते विनियोजन विधेयक
३ २०७५ बैशाख ११ गते प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण ( कार्यविधि ) विधेयक, २०७४
४ २०७५ बैशाख १२ गते गाउँ सभा र नगर सभा संचालन (कार्यविधि¬) विधेयक, २०७५
५. २०७५ बैशाख २० गते प्रदेश नं.१ आकस्मिक कोष संचालन विधेयक, २०७५
६. २०७५ बैशाख २३ गते जिल्ला सभाको संचालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, २०७५
७. २०७५ बैशाख २४ गते मुख्य न्यायाधिवक्ताको काम कर्तव्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
८. २०७५ बैशाख २४ गते मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
९. २०७५ बैशाख २४ गते प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५
१०. २०७५ बैशाख २४ गते गाँउ सभा तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
११. २०७५ बैशाख २४ गते जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५
१२. २०७५ असार ४ गते प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक
१३. २०७५ असार ६ गते प्रदेश रेडियो
१४. २०७५ असार १० गते विनियोजन विधेयक
१५. २०७५ श्रावण १६ गते जिल्लाको काम
१६. २०७५ श्रावण १६ गते अन्तर प्रदेश वासिन्दाको समान व्यवहार र सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१७. २०७५ भदौ १९ गते विपद व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
१८. २०७५ भदौ २५ गते प्रदेश सामाजिक विकास संस्था विधेयक
१९. २०७५ भदौ २५ गते प्रशासकीय कार्य्विधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२०. २०७५ भदौ २६ गते प्रदेश वित्त व्यवस्थापन सम्बन्धी विधेयक
२१. २०७५ असोज १० गते प्रदेश कर तथा गैर कर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२२. २०७५ असोज १२ गते प्रदेश घरेलु हिंसाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
२३. २०७५ असोज १४ गते सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

– प्रदेश सभा प्रदेश नं. १ मा जम्मा ९३ जना सांसद संख्या रहेको छ । जसमध्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कुल ६७ जना सांसद छन् । ती मध्ये पुर्व एमालेबाट ५१ र पुर्व माओवादी केन्द्रका १६ जना हुन् । यस्तै प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका २१ जना, संघिय समाजवादी फोरम नेपालका ३ जना, रा.प्र.पा.का १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन् ।

प्रदेशसभामा पार्टीगत नेतृत्व

DSC_2184-36

–मुख्य मन्त्री एंव संसदिय दल को नेता शेरधन राई ( नेपाल कम्युनिष्ट पार्टी (नेकपा )
– संसदिय दलको नेता टंक आडवुहाड लिम्वु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
– प्रमुख सचेतक – वुद्धि कुमार राज भण्डारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )
– सचेतक – सिता थेवे – नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)
– प्रमुख प्रतिपक्षि दल एंव संसदिय दल को नेता राजिव कोइराला नेपाली कांग्रेस
– संसदिय दलको उपनेता हिमाल कार्की नेपाली कांग्रेस
– प्रमुख सचेतक – केदार कार्की नेपाली कांगे्रस
– सचेतक – सुयर्मा राज राई नेपाली कांगे्रस
– संसदिय दलको नेता जयराम यादव – संघिय समाजवादी फोरम
– संसदिय दलको नेता – इन्दिरा राई रा.प्र.पा
– संसदिय दलको नेता –विष्णु तुम्वाहाम्फे संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च ।

स्रोत: प्रदेश सभामुखको सचिवालय