झापा : प्रदेश १ मा हुने दुर्घटनामा ट्रिपर बढि दोषी देखिने गरेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईले प्रदेश १ मा ट्रिपरका कारण दुर्घटना बढेको बताएका हुन् । प्रशाईका अनुसार आर्थिक बर्ष ७५÷७६ मा अहिलेसम्म जम्मा १९ वटा दुर्घटनामा ट्रिपरको संलग्नता देखिएको छ । जसका कारण ९ जनाको मृत्यु भएको छ भने ४३ जना घाईते भएका छन् ।

प्रवक्ता प्रसाईका अनुसार अहिले प्रदेश १ मा १ जना ट्राफिक बराबर ३ हजार सवारी साधन हेर्नुपर्ने बाधयता छ । यस्तै १ जना ट्राफिकको भागमा २९ किलोमिटर सडक निगरानी गर्नुपर्ने बाध्यता छ । जनशक्ती अभाव नै समस्याको प्रमुख कारक भएको प्रवक्ता प्रसाईको गुनाशो छ ।