पथरी :  मोरङको पथरी शनिश्चरे नगरपालिका २ शान्ति चौकबाट मङ्गलबार राति ७० किवी सखुवाको काठ सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार कानेपोखरी जङ्गलबाट अवैध रुपमा चोरी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा राति ११ः४५ बजेतिर चेकजाँच गर्ने क्रममा को १ च ९३१८ नम्बरको बलेरो पिकअप गाडिमा उक्त सखुवाको काठ, गिड्वा आरा, खुकुरी बरामद गरेको हो । पक्राउ पर्नेमा दमक २ का चालक ४८ वर्षीय वुद्धिमान राई मिक्लाजुङ ५ का क्रमशः ३२ वर्षीय बल बहादुर राई, २० वर्षीय जनम राई, २५ वर्षीय जनक राई, २४ वर्षीय सन्दिप राई, ३१ वर्षीय सेर बहादुर राई, ३३ वर्षीय श्रमण राई र २६ वर्षीय बालकृष्ण भट्टराई रहेका छन् ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीमा नियन्त्रणमा लिई वन ऐन अन्तर्गतको मुद्दा दायर गरी प्रक्रिया अघि बढाइएको साथै यस कार्यमा संलग्न अन्यको समेत खोजि एवं थप अनुशन्धान भईरेको प्रहरी निरीक्षक कमल बज्रगाईले जानकारी दिए ।

kath