झापा : झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित न्यू युनिभर्सल एकाडेमीको उत्तर तर्फ रहेको बाँसको झ्याङमा बुधबार बम जस्तो देखिने शकांस्पद वस्तु बम नरहेको प्रहरीले प्रष्ट पारेको छ ।

बुधबार साँझ दुईवटा बोतलमा तार बेरिएको र छेउमा मोटरसाईकलमा प्रयोग गरिने ब्याट्रि राखिएको शंकास्पद बस्तु फेला परेको थियो । इलाका प्रहरी कार्यालय झिलझिलेले सो संकास्पद वस्तु बम नभएको पुष्टि गरेको हो ।
बोतलमा तार बेरेर राखेको र नागरिकलाई आतंक फैलाउन मात्रै सो वस्तु राखिएको पाईएको झिलझिले प्रहरी प्रमुख प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिए । सो संकास्पद वस्तु कसले किन राख्यो भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।