धरान (डेस्क) :  विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आज माघ २४ गते देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

बन्दका कारण धरानका निजी क्याम्पसहरु बन्द भएका छन् भने नीजि बिद्यालयहरुमा पनि बन्दको प्रभाव परेको छ । यसैगरी इटहरीका निजी विद्यायलयहरुमा पनि बन्दको प्रभाव परेको छ । त्रासका कारण बिद्यालयहरु बन्द भएका हुन्।

विराटनगरमा संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउको विरोधमा शैक्षिक हड्तालको आव्हान गरेको विज्ञप्तीमा उल्लेख छ ।