तेह्रथुम : पूर्वप्रधानमन्त्री तथा कांग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशन तेह्रथुममा पनि विस्तार भएको छ ।

कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्देश्यका साथ समिति गठन भई देशभर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तेह्रथुममा पनि अर्जुनबहादुर तुम्बाहाम्फेको संयोजकत्वमा १३ सदस्यीय जिपी कोइराला फाउन्डेशन जिल्ला कार्यसमिति गठन भएको छ ।  समितीको सह–संयोजकमा शंकर जोशी, सचिवमा निर्मल कुमार खतिवडा, सहसचिवमा जमुना बर्दैवा र कोषाध्यक्षमा बसन्ती गुरुङ रहेका छन् ।

सदस्यहरुमा निर्मल ढुंगाना, तुलसा कार्की, भिम ल्यागुन, बुद्धीराज लिम्बु, केशव बुढाथोकी, गोकुल सुवेदी, लालकुमार लिम्बु र ऐतबहादुर तामाङ चयन भएका छन् । नेपाली कांग्रसका जिल्ला सभापती गोबिन्द ढुंगानाको प्रमुख आतित्यथामा भएको कार्यक्रममा, तरुण दलका जिल्ला अध्यक्ष विपिन निङलेकु, नेपाली कांग्रसका जिल्ला सदस्य ज्ञानबहादुर खत्री लगायतले प्रजातन्त्र स्थापनाको लागि विशेष योजदान पु¥याएका पुर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकोे जीबनीबारे चर्चा गरेका थिए ।