काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टचार नियन्त्रण गर्ने संकल्पको साथमा अघि बढेको बताउदै अब भ्रष्टाचारलाई कसैले पनि लुकाउन सम्भव नभएको दाबी गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भ्रष्टको लागि पनि भ्रष्टाचार सत्रु भएको बताएका छन । ‘सरकार भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प लिएर अघि बढेको छ, त्यसले भ्रष्टाचार लुकाउन अब असम्भव छ’प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले नियन्त्रणको विधिबाट भ्रष्टाचार अन्त्य गर्ने धारणा व्यक्त गरेका छन् । ऋर्षिमुनि, सन्त र महात्माहरुको देश नेपाल भएको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने प्रतिज्ञा सबैले गर्नुपर्ने बताए । उनले भने, ‘हामीले नै भ्रष्टचार नगरे कसरी हुन्छ रु सबैले भ्रष्टाचार नगर्ने प्रतीज्ञा गनुपर्छ ।’

भ्रष्टाचारलाई ढाकछोप गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । जनप्रतिनिधि, राज्यका अंग, सरकारी निकायको सदाचार र पारदर्शिताले त्यो देश कति स्वच्छ र सदाचार छ भन्ने देखिने उनले बताए । विदेशमा भ्रष्टाचारको आँकडामा नेपाल कुन स्थानमा छ भन्ने मुल्यांकन हुने र त्यसले नेपालको शिर निहुराउने काम भइरहेको प्रधानमन्त्री ओलीको भनाई थियो । नेपाल गरिब र पिछडिएको मुलुकमा रहिरहन नहुने धारणा राख्दै ओलीले अबको ५ वा १ बर्षभित्रमा नेपालको गरिबि अन्त्य गर्ने समय तोकेर अघि बढ्नुपर्ने अवस्था आएको पनि बताए ।