विराटनगर: प्रदेश नं १ को मन्त्रीपरिषदको बैठकले आज विभिन्न निर्णय गर्दै आज सम्पन्न भएको छ ।

मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री ग्रामीण सडक आयोजना(सञ्चालन) कार्यविधि २०७५ स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । यस्तै, सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण विधेयक २०७५ मस्यौदा तर्जुमाको सैद्धान्तिक स्वीकृत गर्ने निर्णय बैठक गरेको उनले बताए ।

यसैगरि, बैठकले प्रदेश सरकारको एक बर्षको अवधिमा भए गरेका उपलब्धिको सार्वजनिकनिजीकरण तथा जलपान कार्यक्रमको पनि स्वीकृत गरेको छ । फागुन २ गते प्रदेश सरकारको एक बर्ष पुरा गरेको अबसरमा सरकारले सो कार्यक्रम गर्ने तयारी गरेको छ । यसैगरि, बैठकले जनता आवास कार्यन्वयन कार्याबिधिलाई पनि स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।